पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी माघ ५ गतेदेखि चितवनमा हुने

नेपालखोज २०७८ पुष १३ गते १९:५३

काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी माघ ५ देखि ८ गतेसम्म चितवनमा हुने भएको छ । संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी माघ ५ देखि ८ गतेसम्म चितवनको भरतपुर गर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)का अध्यक्ष खोजराज कटुवालले पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनीले नेपाली कृषिहरुको र राष्ट्रिय कृषि उकरण उत्पादनको वृद्धि र विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रदर्शनीमा नेपालमा उत्पादन भएका कृषिका नयाँ(नयाँ प्रविधि,औजार, कृषि उपकरण तथा पछिल्लो दुई वर्षमा आएका विश्वमा कृषिका लागि उत्पादन भएका यान्त्रहरु अवलाकन गर्न पाउने बताए

अध्यक्ष कटुवालले मुलुक कृषि प्रधान मुलुक भएता पनि कृषि औजारहरु विदेशबाट आयात गर्नु पर्ने अवस्था कायम रहेको बताए । उनले पछिल्लो समय नेपालमा १० अर्ब भन्दा बढीको कृषि औजार आयात भइरहेको बताए । उनले अब कृषि प्रविधिहरु नेपालमा नै उत्पादन बढाउनु पर्ने आवश्यकता रहेको समेत औल्याए । अध्यक्ष कटुवालले नेपालमा कृषि औजार उत्पादनको लागि नीतिगत समस्या रहेकाले सरकारबाट समाधान भएमा नै उत्पादन गर्न सहज हुने धारणा राखे ।

प्रदशनीले नेपालको कृषि तथा पशुपालनको क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण एवं व्यवसायीकरण गर्न टेवा पु¥याउने तथा एक लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा संघको रहेको छ । प्रदर्शनीको अवलोकनमा जाने कृषकहरुलाई लक्षित गरी पशुपालन, कुखुरापालन, नगदेवाली, सिँचाई, डेरी सञ्चालन मात्र नभई कृषिका नविनतम औजार, उपकरणबारे प्रदर्शनीस्थलमै विस्तृत जानकारी दिने तयारी गरेको संघले जनाएको छ ।

त्यस्तै प्रदर्शनीमा कृषि प्रबिधि, कृषि यान्त्रिकरण, बिभिन्न रैथाने बाली, कृषि सम्बन्धि सेमिनार, गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम, बाली बीमा सम्बन्धि सुबिधा, कृषि सम्बन्धि बीउ, बिषादी, मल र अन्य उपकरणको प्रदर्शनी एवं खरिद बिक्रि सुविधा, उन्नत बिधि र प्रबिधिको स्थलगत प्रदर्शनी हुने छ । प्रदर्शनीमा प्रवेश भने निशुल्क व्यवस्था रहेको छ ।

प्रतिक्रिया