पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव, देशभर वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात
'चिसो र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागकाे अनुराेध'

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको विभागले जनाएकाे छ ।
आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ भने देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे र देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको र यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ ।
प्रतिक्रिया