माओवादी महाधिवेशन : आजबाट सामूहिक छलफलको निष्कर्ष सुनाइँदै

नेपालखोज २०७८ पुष १४ गते ९:१२

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा आजबाट प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि समूहगत छलफलपछि निष्कर्ष तथा सुझाव पेस गर्न लागिएको हो ।

दिउँसो एक बजेदेखि टोली नेताले छलफलको निष्कर्ष सुनाउने कार्यतालिका छ । निष्कर्ष सुनाउन टोली नेतालाई १५ मिनेटको समय दिइएको छ ।

प्रतिक्रिया