मंगलबार, वैशाख १६, २०८२

संसारका सबैभन्दा सुरक्षित सहर

नेपालखोज २०७८ पुष १४ गते १४:४६

संसारका सबैभन्दा सुरक्षित सहर कुन होला ? इकोनोमिस्ट इन्टेलिजेन्ट युनिटले जारी गरेको यो सूचीमा ५० सहर समेटिएका छन् । अनेकौं मापदण्डअनुसार अंकका आधारमा तयार गरिएको यो सूचीमा कोपेनहेगन ८२ दशमलव ४ अंकका साथ पहिलो स्थानमा छ । कोपेनहेगन डेनमार्कको राजधानी हो ।

क्यानाडाको एउटा ठूलो सहर टोरन्टो इकोनोमिस्ट इन्टेलिजेन्ट युनिटको यो सूचीमा ८२ दशमलव २ अंकका साथ दोस्रो नम्बरमा छ । यो सूची डिजिटल, स्वास्थ्य, आधारभुत ढाँचा, निजी तथा पर्यावरण सुरक्षासमेत ७६ वटा मापदण्डका आधारमा तयार गरिएको हो । ८० दशमलव ७ अंकका साथ सिंगापुर यो सूचीको तेस्रो स्थानमा छ ।

सुरक्षित सहर इन्डेक्स २०१५ मा ४४ वटा मापदण्डका साथ पहिलोपटक सार्वजनिक गरिएको थियोे । अस्ट्रेलियाको ठूलो सहर सिड्नी पनि सुरक्षित सहरको सूचीमा सामेल छ । यो सहरले ८० दशमलव १ अंक प्राप्त गरि चौथो स्थान हासिल गरेको छ । यो सूची तयार गर्दा सहरको पर्यावरणीय सुरक्षामा विशेष ध्यान दिइएको थियो ।

जापानको राजधानी टोकियो ८० अंकका साथ पाँचाैं नम्बरमा छ । यसैगरी छैटाैं स्थानमा युरोपेली सहर एम्सटर्डम छ । एम्सटर्डमले ७९ दशमलव ३ अंक प्राप्त गरेको छ । न्युजिल्यान्डको राजधानी वेलिंगटन ७९ अंकका साथ यो सूचीको साताैं स्थानमा छ भने ७८ दशमलव ६ अंकका साथ हङकङ आठाैं स्थानमा छ । –डचेवेले फिचर

प्रतिक्रिया