सम्झनामा वीरेन्द्र !

नेपालखोज २०७८ पुष १४ गते १२:१०

काठमाडौं । दिवंगत तत्कालीन राजा वीरेन्द्र शाहको आज ७७औँ जन्मजयन्ती । आज उनको सम्झनामा राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना हुँदै छ ।

बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा भएको थियो । २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा चिनिन्छ ।

इतिहासकै अकल्पनीय घटनाका रूपमा २०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो । तत्कालीन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिरहेका छन् ।

प्रतिक्रिया