शुक्रबार, वैशाख १४, २०८१

विराटनगर महानगरपालिकामा ३०,१७० मतसहित कांग्रेसका नागेश विजयी

नेपालखोज २०७९ जेठ ७ गते ७:२९

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट उमेदवार बनेका नागेश ३०,१७० मतसहित विजयी भएका हुन् ।

प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापा भन्दा कांग्रेसका नागेश ८,७१५ मतान्तरले विजयी भएका हुन् । थापाले २१ हजार ४५५ मत मात्र प्राप्त गरे ।

उपमेयरमा भने गठबन्धनलाई हराउँदै एमाले निर्वाचित भएको छ । एमालेकी शिल्पा कार्की २५ हजार ६८० मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का अमरेन्द्र यादवले १४ हजार २१९ मत पाए ।

प्रतिक्रिया