बुधबार, जेठ १, २०८२

झापामा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

नेपालखोज २०७८ पुष १४ गते १२:५४

काठमाडौं । झापाको दमक नगरपालिका–२ मा ३ जनाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । गए राति भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ ३ जनाको ज्यान गएको हो ।

प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडक छेउको रुखमा ठोक्किँदा उनीहरुको ज्यान गएको हो जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती–४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् ।

तीनै जनाको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको हो ।

प्रतिक्रिया