केकको संस्कृति झल्काउन ‘बेक फेस्ट’
नेपालखोज
२०७८ पुष १४ गते १६:५३

काठमाडौं । केकको संस्कृति झल्काउन भन्दै ललितपुरस्थित लबिम मलमा बेक फेस्ट सुरु भएको छ । विभिन्न १५ वटाभन्दा बढी बेकरी शपहरुले संयुक्त रुपमा लबिम मलमा बुधबारदेखि बेक फेष्ट काठमाडौं सुरु गरेका हुन् ।
केक र बेकरीको संस्कृति झल्काउनको लागि सो इभेन्टको आयोजना गरिएको आयोजक दिपा भुसालले बताए । शहरीया जीवन शैलीमा अभिन्न रुपमा रहेको केक संस्कृती बिस्तारै गाँउ पसिरहेको छ । हरेक उत्शवमा अनिवार्य बन्दै गएको केकको मेला नेपालमा भने पहिलो पटक आयोजना गरिएको हो ।
आजबाट सुरु फेष्टिभलमा केक र बेकरीको नयाँ(नयाँ प्रोडक्ट समावेश रहेको आयोजक भुषालले जानकारी दिए । बुधवारदेखि सुरु भएको इभेन्ट तीन दिनसम्म सञ्चालन हुने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया