सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान
नेपालखोज
२०७८ पुष १४ गते २१:२१

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै तामाङमाथि ठगी तथा संगठित अपरामा मुद्दा चलाइएको छ । सीआईबीको अनुसन्धानपछि तामाङलाई मुद्दा चलाइएको हो ।
सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालतले आज पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १५ सयभन्दा बढी बचतकर्ताको ५ अर्ब ६७ करोड रुपैयाँ ठगेको भन्दै सोही बमोजिमको बिगो दाबी गर्दै तामाङसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया