वाग्मती प्रदेश निति तथा योजना आयोगको उपाध्यक्षमा पन्त
नेपालखोज
२०७८ पुष १४ गते २१:४४

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश नीति तथा योजना आयोगक पदाधिकारी मनोनित गरेका छन् ।

वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्यमन्त्री पाण्डेले आयोगको उपाध्यक्षमा डा.कृष्णराज पन्तलाई चयन गरेका हुन् ।

त्यस्तै आयोगको सदस्यहरूमा प्रल्हाद लामिछाने र राजु नेपाललाई समेत मनोनीत गरिएको छ । नवनियुक्त पदाधिकारीलाई बुधबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।


सम्बन्धित

प्रतिक्रिया