आइतबार, जेठ ६, २०८१

कुन राशिको प्रेम जीवन कस्तो रहला ?

नेपालखोज २०७८ पुष १५ गते ७:२८

हरेक व्यक्तिलाई नयाँ वर्षबाट केही न केही अपेक्षा हुन्छ । कोही नयाँ गाडी खरिद गर्न चाहन्छन् त कोही घरको सपना देखिरहेका हुन्छन् । यसक्रममा कोही आफ्नो प्रेम जीवनको सफलता चाहन्छन् भने सिङ्गलहरू पार्टनरको खोजीमा हुन्छन् । ज्योतिषशास्त्र प्रेम जीवनको सम्बन्ध ग्रह-नक्षत्रहरूको अवस्थितिमा निर्भर हुने कुरामा विश्वास गर्छ । ज्योतिषशास्त्रमा शुक्र ग्रहलाइ शुभ ग्रह मानिन्छ । यदि कुन्डलीमा शुक्र मजबुत स्थितिमा छन् भने प्रेम जीवन र वैवाहिक सम्बन्ध राम्रो रहने विश्वास गरिन्छ । यसका विपरित शुक्र कमजोर भए यस्ता नाता सम्बन्ध पनि कमजोर हुने बताइन्छ । अब हेरौं वर्ष २०२२ मा विभिन्न राशिको प्रेम जीवन कस्तो रहनेछ भन्ने कुरा !

वर्ष २०२२ मा चार राशिको लभ लाइफमा केही समस्या देखापर्न सक्छ । ज्योतिषशास्त्र अनुसार सिंह राशि हुनेहरूको प्रेममा उतार चढाव देखापर्ने छ । धनु राशिका स्वामिहरूको प्रेम जीवनमा खासै महत्वपुर्ण परिवर्तन देखिने छैन । मकर राशि हुनेहरूको प्रेम जीवन सालको सुरूमा केहि समस्याग्रस्त रहने आशंका छ भने कुम्भ राशिहुनेहरू आफ्नो प्रेम जीवनलाई लिएर उदास हुन सक्छन् ।

मेष
मेष राशिका स्वामिहरूले यो वर्ष लभ लाइफको आनन्द उठाउने छन् । एकल युवा-युवतीको मनपरेको मान्छेसँग विवाह हुन सक्छ। विवाहितहरूको भने जीवन साथीसँग केहि टकराव हुने आशंका छ । यद्यपि आपसी सद्भभाव र समझदारीले ती साना-ठूला समस्या हल हुनेछन् ।

वृष
जीवन साथीबाट भरपुर सहयोग मिल्नेछ । पार्टनरको खोजीमा रहेकाहरूले शुभसमाचार सुन्न पाउनेछन् । उनीहरूर अप्रत्‍यासित रुपले प्रेम जीवनमा प्रवेश गर्न सक्छन् । वर्षको मध्य तिर प्रेम जीवन विशेष रूपले शुभ सावित हुनेछ ।

मिथुन
प्रेम सम्बन्धका दृष्टिले यो वर्ष राम्रो रहने छ । यो राशिका सिङ्गल वयस्कहरुको घरजम हुनसक्छ भने कतिपयको प्रेम जीवन सुरू हुनेछ ।

कर्कट
वर्षको पहिलो तीन महिना शुभ परिणाम हासिल हुनेछ । वर्षको मध्यमा सम्बन्ध अझ मजबुत हुने योग छ । साथीसँगको प्रेम र सम्मान थप वृद्धि होला । एकल वयस्कहरुले वर्षको पछिल्लो ६ महिनामा उपयुक्त साथी फेला पार्न सक्छन् ।

सिंह
प्रेममा उतार चढाव देखा पर्न सक्छ । यदि आफ्नो सम्बन्ध प्रती इमानदार हुनुहुन्छ र साथीलाई साँचो प्रेम गर्नुहुन्छ भने यहि वर्ष तपाईंको विवाह हुनसक्छ । अप्रिल महिना पछि विवाह गर्नु उपयुक्त हुन्छ । जनवरी र फेब्रुअरी महिनामा साथीसँगको वाद-विवादबाट जोगिनु होला ।

कन्या
प्रेम जीवनबाट राम्रो परिणाम हात पर्ने प्रवल सम्भावना छ । वर्षको शुरुमा केही सतर्क रहनु होला । जनवरीमा शनिले प्रेम सम्बन्धमा केहि अशान्ति सिर्जना गर्न सक्छ । तपाईंबाट प्रियजन निराश हुन सक्छन् । कतिपय एकल वयस्कहरुको जोडी बाँधिने देखिन्छ ।

तुला
प्रेम सम्बन्धमा गम्भिर मानिसहरुको विवह हुनेछ । जोडी खोजी रहेकाहरूले सफलता पाउनेछन् । विवाहितहरूको जीवनमा प्रेम र शान्ति कायम रहनेछ ।

वृश्चिक
सुखद प्रेम जीवनको आनन्द पाइनेछ । वर्षको मध्य तिर सम्बन्धमा केहि समस्या उत्पन्न हुने आशंका छ । यद्यपि आपसी समझदारी र छलफलबाट त्यसको समाधान हुनेछ । अविवाहितहरूले नयाँ साथी फेला पार्न सक्छन् ।

धनु
प्रेम जीवनमा त्यति ठूलो र महत्वपूर्ण परिवर्तनको सम्भावना देखिदैन । आफ्नो साथीसँग राम्रो समय बिताउन पाइनेछ । धनु राशिका लागि यो वर्ष सकारात्मक रहने अपेक्षा गरिएको छ । यो वर्ष प्रेम, परिवार, ऊर्जा र अधिकार प्राप्तिको योग छ ।

मकर
वर्षको सुरुमा केहि समस्या देखा पर्न सक्छ तर समयसँगै समस्याहरू समाधान हुँदै जानेछन् । आफ्नो आत्मविश्वासको बलमा प्रेम जीवनका सानाठूला समस्या हल गर्न सकिनेछ । यदि प्रेम सम्बन्धमा हुनुहुन्छ भने साथीसँग कुराकानी गर्दा संयम राख्नुहोला ।

कुम्भ
वर्ष औषत रहने छ । आफ्नो साथीसँगको अशिष्टताबाट जोगिनु होला । यसबीच आफैँलाई पनि उदासिबाट बचाउनु पर्नेछ । अप्रिल महिना पछि आफ्नो प्रयास र कुरा बुझाउन सफल भइनेछ । वर्षको अन्त्य तिर तपाईंको प्रेम जिवन सुखद हुने देखिन्छ ।

मीन
प्रेम जीवन सुखद रहनेछ । यदि पहिलेदेखि नै कुनै सम्बन्धमा हुनुहुन्छ भने साथीसँग केहि गलतफहमी उत्पन्न हुन सक्छ । व्यर्थको विवादबाट स्वयंलाई टाढा राख्नुहोला । कुराकानीका क्रममा शान्त रहनुमै आफ्नो भलो हुनेछ ।

(यहाँ प्रस्तुत सूचना सामान्य मान्यता तथा शास्त्रिय जानकारीहरूमा आधारित छ । नेपालखोजअनलाइनले यसको आधिकारिकता पुष्टि गर्दैन । )

प्रतिक्रिया