‘के हुँदे छ माओवादी महाधिवेशनमा’

नेपालखोज २०७८ पुष १५ गते १४:०२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको पाँचौ दिन तथा बन्द सत्रको चौथो दिनको कार्यक्रम जारी छ । आज विहान ११ बजेबाट सुरु भएको कार्यक्रममा अध्यक्ष मण्डलकी सदस्य पूर्णा कुमारी सुबेदीले बन्द सत्र सन्चालन गरिहेकी छिन् ।

महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र विधानमाथि समूहगत छलफलको निष्कर्षहरु प्रस्तुत गर्ने कार्यक्रम अन्तर्गत अहिलेसम्म पाँचवटा समूहका प्रमुखहरुले प्रस्तुति राखेका छन् । आजको बन्द सत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारीले समूहको प्रस्तुति राखेका थिए ।

सल्लाहकारहरुको समूह क को तर्फबाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिम्खडा र समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामीले आफ्नो समूहको प्रस्तुति राखेका छन् ।

महाधिवेशनको बन्द सत्रमा बुधबारबाट समूहगत प्रस्तुति राख्ने कार्यक्रम सुरु भएको थियो । बुधबार साँझसम्म ११ वटा समूहले प्रस्तुति राखेका थिए । आज पाँचवटा समूहले प्रस्तुति राखिसकेका छन् । अब ९ वटा समूहको प्रस्तुति बाँकी छ ।

प्रतिक्रिया