‘छत्रमान सिंह स्वर्ण पदक बबिता ग्वाछालाई’
काठामाडौं । नेपाल बैंक लिमिटेडले त्रिभुवन बिश्व विद्यालयको व्यवस्थापन अन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गर्र्ने विधार्थीलाई सम्मान गरेको छ । छात्रा बबिता ग्वाछाले छत्रमान सिंह के.सी स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन् ।
भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत छात्रा बबिता ग्वाछालाई त्रिभुवन बिश्व बिद्यालयको ४७ औं दिक्षान्त समारोहमा विश्वबिद्यालयका कुलपति प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी. स्वर्ण पदक प्रदान गरे । वि.सं २०२२ माघ ११ गते एक लाख रुपैयाँको अक्षय कोषको स्थापना गरेको थियो । त्रिभुवन बिश्वबिद्यालय व्यवस्थापन सङ्कायमा सर्वोकृष्ट हुनेलाई प्रत्येक बर्ष दिक्षान्त समारोहको दिन पदक प्रदान गरिन्छ ।
नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय काठमाण्डौंमा पुस १४ गते आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बैंकको नाममा स्थापित छत्रमान सिंह के.सी. स्वर्ण पदक प्राप्त गरेको विजेता ग्वाछालाई बधाई दिएका छन् ।
प्रतिक्रिया