आइतबार, असार २२, २०८२

सानिमा बैंकको सानिमा सजिलो ई-बैकिङ नयाँ वर्ष धमाका योजना

नेपालखोज २०७८ पुष १५ गते १४:४७

काठमाडौं । नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘सानिमा सजिलो इ-बैकिङ नयाँ वर्ष धमाका योजना’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ-बैकिङ मार्फत कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नु हुनेछ ।

मोबाइल एप निर्माता एफवन सफ्टसँगको सहकार्यमा संचालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन १०० रूपैयाँ क्यास ब्याक पनि प्राप्त गर्न सक्नेछन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सानिमा बैंकको मोबाइल बैकिङ एप सानिमा सजिलो इ-बैकिङ प्रयोग गरी ३ महिनामा कम्तीमा १५ वटा कारोबार गर्नु पर्नेछ ।

यो योजना जनवरी १ देखि मार्च ३१, २०२२ सम्म लागु हुनेछ । सानिमा बैंककोे मोबाइल बैकिङ एप् प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । साथै नजिकैको शाखामा सम्पर्क गरी कारोबार सुचारु गर्न सकिनेछ । सानिमा बैंकको देशभर ११९ वटा कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया