संस्कृति बचाऔं महाअभियानका प्रतिनिधिले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौं । नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानका प्रतिनिधि मण्डल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा देशमा बढ्दै गइरहेको सांस्कृतिक अतिक्रमण र बिकृतीबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको प्रतिनिधि मण्डलले जनाएको छ ।
पुरातात्विक सम्पदा एवं संकृतिलाई संरक्षण सम्वर्धन गर्नका लागि राज्यको तर्फबाट बिशेष चासो हुनुपर्ने माग प्रतिनिधि मण्डलले गरेको छ । कुनै पनि देशको सभ्यता र संस्कृतिसँग देशको पहिचान हुने हुनाले देशको अस्तित्व र गरिमालाई जीवन्त राख्ने अभियानको मूल उदेश्य रहेको बताइएको छ ।
प्रतिनिधि मण्डल महाअभियानका संयोजक चलचित्रकर्मी मोहन निरौलाको नेतृत्वमा महाअभियानका सदस्यहरू सुन्दर श्रेष्ठ, ठण्ड बहादुर अधिकारी, मुकुन्द मैनाली, मनोज भेट्वाल, सुरज ढकाल र विश्वदीप घिमिरे सहभागी थिए । प्रतिनीधि मण्डललाई प्रधानमन्त्री देउवाले सफलताको शुभकामना दिँदै सरकार संस्कृतिको संरक्षणका लागि सकारात्मक रहेको बताए । सरकारको तर्फबाट अभियानलाई सहयोग रहने प्रधानमन्त्रीले स्पष्ट पारेको जनाइएको छ ।
परिबर्तन नेपाल अन्तर्गत गठन भएको नेपाली संस्कृति बचाऔं महाअभियान २०७८ को शुभारम्भ २०७८ मंसिर २६ गते एक समारोहबीच भएको थियो ।

प्रतिक्रिया