नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पुन: आवेदन माग

नेपालखोज २०७८ पुष १६ गते १३:४१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबाेन) को अध्यक्ष नियुक्तका लागि सरकारले पुन: दोस्रो पटक सूचना प्रकाशन गरेको छ । बोर्डमा अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले बिहीबार पुनः सूचना प्रकाशन गरेको हो ।

धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई १५ दिन भित्र (पुस २९ गतेसम्म) आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

नयाँ दरखास्त आह्वान भएसँगै यसअघिका सबै आवेदन रद्द भएको र नयाँ सूचना प्रकाशित भएसँगै यसअघि आवेदन दिएकाले पनि पुनः आवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

बोर्ड अध्यक्षका लागि योग्य नागरिकले यही पुस २९ गतेसम्म आवेदन दिनुपर्नेछ । ढुंगाना ०७६ पुसमा चारवर्षे कार्यकालका लागि बोर्ड अध्यक्ष नियुक्त भएकाले उनको बाँकी कार्यकालका लागि मात्रै नयाँ अध्यक्ष नियुक्त हुनेछन् । यस आधारमा अब नियुक्त हुने अध्यक्षको कार्यकाल दुई वर्षभन्दा कम रहनेछ ।

प्रतिक्रिया