माओवादी महाधिवेशन : प्रतिवेदनका विषयमा जवाफ दिँदै प्रचण्ड

नेपालखोज २०७८ पुष १६ गते १५:०४


काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रको कार्यक्रम सुरु भएको छ । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनका सन्दर्भमा उठेका विभिन्न विषयमा जवाफ दिने कार्यक्रम छ ।

अध्यक्ष प्रचण्डको जवाफलगत्तै निर्वाचनको प्रक्रिया सुरु गरिने माओवादीले जनाएको छ । बुधबार र बिहीबार अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूहमा भएको छलफलको निष्कर्ष टोली नेताहरुले प्रस्तुत गरेका थिए ।

बिहान नेतृत्व चयनलगायतका विषयमा स्थायी समितिको बैठकमा छलफल भएको थियो । आज निर्वाचन आयोगलगायतका विभिन्न आयोग र विभागका तर्फबाट आफ्नो प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । अध्यक्ष प्रचण्डको जवाफलगत्तै निर्वाचनको प्रक्रिया सुरु गरिने माओवादीले जनाएको छ ।

प्रतिक्रिया