मंगलबार, वैशाख ११, २०८१

प्रचण्ड जस्तो इमान्दार कोही छैन : माधवकुमार नेपाल

नेपालखोज २०७७ माघ ३ गते १०:३६

दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गरेका छन् ।

प्रचण्ड–नेपाल पक्षले शनिबार दाङको तुलसीपुरमा आयोजना गरेको जिल्ला स्तरिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्ड जस्तो व्यवहारमा इमान्दार अरु कोही नभएको भन्दै प्रशंसा गरेका हुन् ।

‘प्रचण्ड जस्तो व्यवहारमा इमान्दार कोही छैनन् । विध्वंसको अर्को नाम केपी ओलि हो । देउवासँगको भेटपछि अब कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा छौँ,’ नेपालले भने ।
यस्तै नेपालले केपी शर्मा ओलीले संविधानविपरीत कार्य गरेको आरोप समेत लगाएका छन् ।

‘केपी ओलीमा कुनै नैतिकता छैन । अहमता र तानाशाह प्रवृत्ति छ । दुई–चार जना चोइटिएर जाँदैमा कुनै असर पर्दैन ।’

भेलालाई सम्बोधन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका नेताहरु दाङ आएका छन् ।

प्रतिक्रिया