निर्वाचनपछि विशेष महाधिवेशन : प्रचण्ड
नेपालखोज
२०७८ पुष १६ गते १६:३३

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचनपछि विशेष महाधिवेशन गर्ने भएको छ । आज बन्दसन्त्रमा आफ्नो प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठोस विचारको विकास गर्न आगामी चुनावलगत्तै विशेष महाधिवेशन गर्ने बताए ।
विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान र बहस आवश्यक भएको र यो महाधिवेशनको प्रतिवेदनमार्फत त्यसको सुरूआत गरेको प्रचण्डको भनाइ छ ।उनले भने, ‘प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूका तर्फबाट उठेका जिज्ञासा तथा सुझाव र छुटेका पक्षहरूलाई समेटेर पूर्णता दिएर ठोस विचारको विकास गर्न महाधिवेशन आयोजना गरिनेछ ।’
अहिलेको राजनीतिक प्रतिवेदनलाई पूर्णदस्तावेजका रूपमा नबुझ्न उनको आग्रह थियो ।
सम्बन्धित

प्रतिक्रिया