शुक्रबार, वैशाख २१, २०८१

चौबीस घण्टामा थपिए २३५ संक्रमित, २१२ डिस्चार्ज

नेपालखोज २०७८ पुष १६ गते १७:२१

काठमाडौं । नेपालमा गत चौबीस घण्टा थप २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ र १ हजार १९९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ११ जना गरि कुल २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ४ हजार ८७९ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २१२ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ११ हजार ९५८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ दशमलव प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५९४ पुगेको छ ।

प्रतिक्रिया