एमसीसी संसदमा पेस नगर्न सरकार र सांसदलाई नेमकिपाको खवरदारी

काठमाडौं । एमसीसी सम्झौंता राष्ट्रघाती भएको निष्कर्षमा पुगेको नेपाल मजदुर किसान पार्टीले सो सम्झौंता संसदमा पेससमेत नगर्न सरकार र सांसदहरुलाई दवाव दिँदै खवरदारी सभा गरेको छ । शुक्रबार काठमाडौंको नयाँ बानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौंता संसदमा पेस नगर्न दवाव दिँदै खवरदारी सभा गरेको हो ।
सभामा बोल्दै पार्टीका नेता प्रेम सुवालले सो सम्झौंता राष्ट्रघाती भन्दै संसदमा पेस गर्न नदिन सांसदहरुलाई अपिल गरे । उनले सो सम्झौंता खारेज नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिए । नेता सुवालले एमसीसी सम्झौंता संसदबाट पारित भए भारत र अमेरीकी सेनाको नेपाल परेडस्थल बन्ने र एक सेकेन्डमै नेपाल ध्वस्त हुने दाबी समेत गरे । उनले एमसीसी सम्झौंता गरेर देशलाई घात गर्नेहरुलाई सबैले चिन्नुपर्ने पनि बताए ।
नेता सुवालले श्रीलंकाले एमसीसी सम्झौंता राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको निष्कर्ष निकाल्दै खारेज गरेजस्तै नेपालले पनि खारेज गर्नुपर्ने बताए । खवरदारी सभामा देशघाती एमसीसी सम्झौंता खारेज गरलगायतका नाराबाजी लगाउँदै प्रर्दशन गरिएको थियो ।

प्रतिक्रिया