आयातको हकमा चेक जारी गर्न नपाइने

नेपालखोज २०७८ पुष १६ गते २३:३९

काठमाडौं । विद्युतीय माध्यमबाट भन्सार राजश्व लिने व्यवस्था भएका भन्सार कार्यालयमार्फत हुने आयातको हकमा चेक जारी गर्न नपाईने भएको छ । राष्ट्र बैकले शुक्रबार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको हकमा विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र २०७६ लाई शंंसोधन गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि विद्युतीय प्रणाली लागु भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजश्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत हुने आयातको हकमा चेक जारी गर्न पाईने छैन् । तर उल्लेखित धरौटी रकम भने लिनु पर्ने परिपत्रमा उल्लेख छ । परिपत्रअनुसार मालसामान आयातको भुक्तानीको लागि प्रचलित व्यवस्था अन्र्तगत रही प्रतितपत्र, ड्राफ्ट वा टि. टि को माध्यमबाट भारतीय रुपैयाँको सटही प्रदान गर्न सकिने छ । तर भारु तीन करोड रुपैयाँ भन्दा बढीको वस्तु आयात गर्दा अनिवार्यरुपमले प्रतितपत्रमार्फत गर्नुपर्ने छ ।

यसरी प्रतितपत्र, ड्राफट वा टि. टि को माध्यमबाट सामान आयात गर्दा प्रचलित व्यवस्था बमोजिम दुई वा १० प्रतिशत धरौटी लिनुपर्ने छ र सो रकमबाट भन्सार महसुल बुझाउने प्रयोजनको लागि आयातकर्ताको अनुरोधमा चेक उपलब्ध गराउन सकिने छ । तर विद्युतीय प्रणाली लागु भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजश्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत हुने आयातको हकमा भने चेक जारी गर्न पाईने छैन । उल्लेखित धरौटी रकम भने लिनु पर्नेछ ।

त्यसैगरी गरी राष्ट्र बैंकले सोही परिपत्रमार्फत नेपाली नागरिक तथा नेपालमा विधिवत दर्ता भएका फर्म, कम्पनी, संघसंस्थाले भारतस्थित नियोग, संघ, संंस्था, कम्पनीसंग लिने विभिन्न सेवा शुल्क भुक्तानीको लागि भारतीय रुपैयाँ तीन लाखसम्मको सटही सुविधा आवस्यक कागजातहरु लिई वाणिज्य बैंकहरुबाट प्रदान गर्न सकिनेछ ।

प्रतिक्रिया