शनिबार, जेठ ५, २०८१

मिथुन राशिको वार्षिक भविष्य

नेपालखोज २०७८ पुष १७ गते ७:३३

मिथुन राशि हुनेहरुका लागि यो वर्षको कार्ड छ- ‘द स्टार’ । यो एउटा फलदायक कार्ड हो जसले के दर्शाउँछ भने तपाईंलाई विशेष अन्तदृष्टि प्राप्त हुँदै छ । तपाईं केही राम्रो महसुस गर्न थाल्नुहुनेछ भने तपाईंको दृष्टिकोण पनि बढि आशावादी हुनेछ । आफ्नो काममा सबैभन्दा राम्रो साबित हुन सकिनेछ । काममा संघर्ष अनि तर्कबाट जोगिनुहोस् । यसले तपाईंलाई मानसिक दबाबबाट जोगाउनेछ भने तपाईंको काम प्रशंसितसमेत हुनेछ ।

आजीविका : आजीविकाको स्थिति उज्ज्वल छ । वरिष्ठ महिलाबाट सहायता प्राप्त हुनसक्छ । य‍ो वर्ष तपाईंका लागि विकासक‍ो मार्ग प्रशस्त हुनेछ । कार्यक्षेत्रको वातावरण सुखद रहनेछ भने कामको बोझसमेत हल्का होला । यो वर्ष गरिएक‍ो कडा मिहिनेतले अनुकूल फाइदा दिनेछ ।

पारिवारिक जीवन : वर्ष प्रेम सम्बन्धका लागि उपयुक्त छ । सन्तानको योजना बनाइरहेकाहरुका लागि उत्तम समय छ । नयाँ-नयाँ मित्र फेला पर्नेछन् भने मनोरञ्जक गतिविधिमा सामेल हुन पाइनेछ ।

आर्थिक जीवन : यो वर्ष अधिकतम लाभका लागि महत्त्वपूर्ण कार्य तय समयमा पूरा गर्नुहोला । विरोधीहरुलाई आफ्नो कौशलले जित्न सकिनेछ । सानातिना लाभका लागि समय र ऊर्जाक‍ो व्यर्थ खर्च नगर्नुहोला । दबाबको स्थितिमा सकारात्मक सोचबाटै विजय प्राप्त हुनेछ । य‍ो वर्ष भएको ऋण पनि चुकाउन सकिनेछ ।

स्वास्थ्य : जीवनशैलीमा परिवर्तन आवश्यक छ । खानपानमा ध्यान नदिने अनि व्यायाम नगर्ने बानीका कारण सानातिना बिमारको सामना गर्नुपर्ने हुनसक्छ ।

सुझाव : कमिलालाई पीठो खुवाउनुहोस् ।

प्रतिक्रिया