सहमतिमा नयाँ नेतृत्व चयन गर्दै माओवादी महाधिवेशन सकिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन लगभग आज (शनिबार) सक्ने तयारी छ । महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सक्ने तयारी भएको माओवादी केन्द्रले जनाएको छ । आजको बन्दसत्र विहान ११ बजे सुरु हुनेछ ।
स्थायी समिति सदस्य देव गुरुङले आज विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिनेछन् । गुरुङको जवाफ सकिएपछि विधान संशोधन प्रस्ताव निर्वाचन प्रक्रियामा लगिने भएको छ ।
देशका अरु ठूला पार्टीहरू कांग्रेस, एमाले र राप्रपाजस्तो माओवादी महाधिवेशनमा निर्वाचन भने नेतृत्वको लागि नहुने भएको छ । माओवादीले सहमतिमा नेतृत्व चयन गर्ने भएको छ ।
हिजो (शुक्रबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भएको थियो । तर विधान मस्यौदा भने पारित हुन सकेको थिएन । माओवादी विधानमा १५ सदस्यीय पदाधिकारी र २ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रावधान छ ।
माओवादीले बहुपदीय अवधारणाअनुसार नेतृत्व चयन गर्ने तयारी गरेको जनाएको छ । अध्यक्षमा प्रचण्डबाहेक कसैको दावी नभएकाले फेरि दोहोरिने निश्चत छ । आज विधान पारित भएसँगै निर्वाचनको काम अगाडि बढ्ने भएको छ ।

प्रतिक्रिया