बिहीबार, वैशाख १३, २०८१

२०२२ मा रिलिज हुने बहुप्रतीक्षित बलिउड चलचित्र

नेपालखोज २०७८ पुष १८ गते १४:५८

काठमाडौं । बितेको दुई वर्ष चलचित्र जगत्‌का लागि निकै खराब वर्ष साबित भयो । कोरोना महामारीका कारण लागको लकडाउनले चलचित्रको सुटिङदेखि लिएर प्रदर्शनसम्ममा अवरोध पुर्यायो । यद्यपि अहिले बलिउड पुन जाग्न थालेको छ । बलिउडलाई वर्ष २०२२ बाट निकै आशा पनि छ । आईएमडीबीले २०२२ मा सार्वजनिक हुने बहुप्रतीक्षित चलचित्रको सूची जारी गरेको छ । वर्ष २०२२ मा तीनैजना खानको चलचित्र रिलिज हुँदै छ । त्यसबाहेक ठूला-साना बजेटका अनेकौं चलचित्र प्रदर्शनको लाइनमा छन् ।

केजीएफ च्याप्टर-टु
यो चलचित्रमा यश तथा सञ्जय दत्तले मुख्य भूमिका निर्वाह गरेका छन् । यो चलचित्रका निर्देशक प्रशान्त नील हुन् ।

आरआरआर
बाहुबलीका निर्देशक एसएस राजामौलीको यो फिल्ममा अजय देवगन, जुनियर एनटीआर तथा राम चरण मुख्य भूमिकामा छन् । यो पिरिएड एक्सन फिल्म ७ जनवरीमै रिलिज हुनेछ ।

लालसिंह चड्डा
आमिर खान, करिना कपुर तथा नागा चैतन्य अक्किनेनी अभिनित यो चलचित्रका निर्देशक अद्वैत चन्दन हुन् । आमिर खानलाई लामो समयपछि ठूलो पर्दामा ल्याउने यो चलचित्र १४ अप्रिलमा रिलिज हुनेछ ।

गंगुबाई काठियावाडी
सञ्जयलीला भन्साली निर्देशित यो चलचित्रमा आलिया भट्ट शीर्ष भूमिकामा प्रस्तुत हुँदै छिन् भने यसमा अजय देवगन, इमरान हाशमी तथा हुमा कुरेशीले समेत अभिनय गरेका छन् । ‘गंगुबाई काठियावाडी’ १८ फेब्रुअरीमा रिलिज हुनेछ ।

बिस्ट
नेलसन दिलीप कुमारको यो चलचित्रमा विजय जोसफ, पूजा हेगडे तथा योगी बाबु लिड रोलमा देखिँदै छन् ।

धाकड
रजनीश घईको यो एक्सन फिल्ममा कंगना रणावतको जोरदार एक्सन हेर्न पाइनेछ जसमा अर्जुन रामपाल पनि छन् ।

राधे-श्याम
केके राधाकृष्ण कुमारले निर्देशन गरेको यो चलचित्रको कथा १९७० को वरिपरि घुम्छ । चलचित्र राधे-श्याममा प्रभाष र पूजा हेगडे मुख्य भूमिकामा छन् । ‘राधे-श्याम’ १४ जनवरीमा रिलिज हुनेछ । यो फिल्म तमिल र हिन्दीका अतिरिक्त अन्य भाषामा समेत तयार गरिँदै छ ।

ब्रह्मास्त्र
रणवीर कपुर, अमिताभ बच्चन तथा आलिया भट्ट अभिनित यो चलचित्रलाई अयान मुखर्जीले निर्देशन गरेका छन् । ‘ब्रह्मास्त्र’ को रिलिज डेट ९ सेप्टेम्बर हो ।

हिरोपन्थी-२
टाइगर श्राफ, तारा सुतारिया तथा नवाजुद्दीन सिद्दिकी अभिनित यो चलचित्रका डाइरेक्टर अहमद खान हुन् ।

आदिपुरुष
ओम राउतको यो फिल्ममा प्रभाष, सैफ अली खान तथा कृति सेनन लिड रोलमा देखा पर्छन् ।

टाइगर-३
सलमान खान तथा कटरिना कैफको फिल्म ‘टाइगर-३’ पनि २०२२ मै सार्वजनिक हुँदै छ । यो चलचित्रमा इमरान हाशमी खलनायकका रुपमा देखापर्नेछन् । यो एक्सन थ्रिलर फिल्मका निर्देशक मनीष शर्मा हुन् ।

पठान
निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘पठान’ शाहरुख खानको फिल्म हो । शाहरुख २०१८ को ‘जिरो’ पछि चलचित्रमा आउँदै छन् । यो चलचित्रमा दीपिका पादुकोण र जोन अब्राहम पनि छन् ।

शमशेरा
यशराज ब्यानरको फिल्म ‘शमशेरा’ मा रणवीर कपुर मुख्य भूमिकामा छन् । उनका साथ वाणी कपूर र सञ्जय दत्त पनि महत्त्वपूर्ण भूमिकामा देखा पर्नेछन् । करण मल्होत्राले निर्देशन गरेको यो चलचित्र १८ मार्च मा सार्वजनिक हुँदै छ ।

पृथ्वीराज
अक्षय कुमार स्टारर ‘पृथ्वीराज’ २१ जनवरीमा रिलिज हुनेछ । यो चलचित्रबाट पूर्वविश्व सुन्दरी मानुषी छिल्लर बलिउडमा डेब्यु गर्दै छिन् । यशराज फिल्मको ब्यानरको यो चलचित्रको निर्देशन चन्द्रप्रकाश द्विवेदीले गरेका हुन् ।

अनेक
आर्टिकल १५ पछि अभिनेता आयुष्मान खुराना तथा निर्देशक अनुभव सिन्हाले एकपटक फेरि ‘अनेक’ मा साथै काम गरेका छन् । यो फिल्मको रिलिज डेट ३१ मार्च हो ।

प्रतिक्रिया