प्रतिनिधिसभाको बैठक स्थगित

नेपालखोज २०७८ पुष १८ गते ९:५०

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको जनाइएकाे छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेस गर्ने एउटा मात्रै कार्यसूची रहेेकाे थियो ।

प्रतिक्रिया