आज सुनचाँदीकाे भाउ कति ?
नेपालखोज
२०७८ पुष १८ गते १०:५९

काठमाडौं । नेपाली बजारमा आज ( आइतबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ७ सय रूपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ७ सय रूपैयाँले नै बढेकाे छ । आज तेजाबी सुन ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ९२ हजार २ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी शुक्रबार १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया