शव लिएर जाँदै गरेको बस दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

नेपालखोज २०७८ पुष १८ गते १२:५५

काठमाडाैं । बुटवलबाट गुल्मीको रिडी शव लिएर जाँदै गरेको लु.२ख ७२७९ नम्बरको बस आज बिहान दुर्घटना हुँदा सातजनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार घाइते आठ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका २, लघुवामा बुटबलदेखि रिडितर्फ गएको बस दुर्घटना भई ६० मिटर सडकबाट तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले जानकारी दिए ।

घाइतेको उद्धारमा प्रहरी र स्थानीय बासिन्दा जुटेका थिए । मृतकको परिचय खुल्न बाँकी छ । प्रहरीका अनुसार दुर्घटना बिहान साढे १० बजे भएको हो ।

प्रतिक्रिया