चौबीस घण्टामा थपिए २१६ जना संक्रमित, २०९ डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २१६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ५ हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा २१३ र १ हजार ६६९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जना गरि कुल २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ४ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २०९ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख १२ हजार ४१६ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ दशमलव रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५९६ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा देशभर थप १ लाख ३३ हजार ८१२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया