गजुरेलले भने – एमसीसी संसदमै लैजान दिन हुँदैन

नेपालखोज २०७८ पुष १८ गते १८:२२

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिन नहुने बताएका छन् । आज माईतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा अध्यक्ष गजुरेलले एमसीसी संसदमै लैजान दिन नहुने बताएका हुन् ।

उनले अमेरिकाले एमसीसी सम्झौतामार्फत् दिने भनिएको रकम भन्दाबढी रकम एनसीएलको कर उठाउँदा जम्मा हुने भन्दै रकम भन्दा पनि परिणाम घातक रहेको उल्लेख गरे । अध्यक्ष गजुरेलले अमेरिका नेपालमा आइसकेपछि पछि नहट्ने र रणनीतिक महत्वका ठाउँहरुमा आफ्नो अखडा खडा गर्ने भएकोले एमसीसी पास गर्नु नहुने बताए ।

अध्यक्ष गजुरेलले चीनसँग लड्नका लागि अमेरिकाले नेपाललाई अखडा बनाउन एमसीसी सम्झौंताका लागि दवाव दिएकाले आफूहरुले विरोध गर्नु परेको तर्क समेत गरे ।

प्रतिक्रिया