आइतबार, वैशाख १४, २०८२

तुला राशिको वार्षिक भविष्य

नेपालखोज २०७८ पुष १९ गते ६:४२

तुला राशि हुनेहरुको समय प्रशन्नतादायक तथा प्रगतितर्फ अग्रसर छ ।

आजीविका : आजीविकाका दृष्टिले वर्ष सकारात्मक देखिन्छ । नोकरी अथवा व्यवसायमा प्रगति हुनेछ । नयाँ राम्रो अवसर प्राप्त होला । उन्नतिका लागि समय अनुकूल छ । तपाईंको पर्फरमेन्स उत्तम रहनेछ । कतिपयले तपाईंको कामको ईर्ष्‍या गर्नेछन् ।

पारिवारिक जीवन : पारिवारिक वातावरण खुसीले भरिपूर्ण रहला । भौतिक सुविधा तथा साधनहरुमा वृद्धि हुनेछ । बाहिर कतै छुट्टी बिताउने अवसर जुट्नेछ । सन्तान चाहनेहरुले अनुकूल परिणाम प्राप्त गर्नेछन् । साथीभाइसँग पनि सौहार्दपूर्ण सम्बन्ध रहनेछ ।

आर्थिक जीवन : यो वर्ष तपाईंको यश वृद्धिका साथै धनलाभको समेत योग छ । लगानीले राम्रो प्रतिफल दिनेछ । आफ्नो आर्थिक स्थिति मजबुत बनाउने प्रयास तीव्र बनाउनु होला । यो अनुकूल स्थितिमा सुख-सम्पदा पनि बढ्नेछ ।

स्वास्थ्य : निद्रासम्बन्धी समस्या अथवा वजन बढ्ने समस्याले सताउन सक्छ ।

सुझाव : प्रातःकालमा भगवान् सूर्यलाई नियमित रुपमा अर्घ्‍य अर्पित गरे लाभ हुनेछ ।

प्रतिक्रिया