सुनचाँदीकै मूल्य सामान्य घट्याे

नेपालखोज २०७८ पुष १९ गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रूपैयाँले नै घटेकाे छ । आज तेजाबी सुन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन ९२ हजार ९ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रूपैयाँले घटेकाे छ । आज चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया