झाँक्रीको पिर्के सलामी !

नेपालखोज २०७८ पुष १९ गते १४:०७

रामकुमारी झाँक्री अहिले ट्विटरमा छाएकी छिन् । विषय, कारण र प्रतिक्रियाहरु :

अर्जुन पोखरेल
कुरा ठूला गर्ने तर यसरी पिर्के सलामीमा रमाउने मन्त्रीलाई चिन्नुभो ?

सुजन पोखरेल
झाक्री दिदी हो ?

पुर्ण केसी
@Jhakri_didi तपाईं पनि उही ड्याङ्गको मुला भन्ने बिस्तारै तपाईंको व्यवहारले बताउँदै छ ।

जीवन कुमार श्रेष्ठ
अध्यक्ष लिङ्देनले भन्नु भएकै मान्छे त हैन ? क्षमा रहोस् । नजिकको vission अलिक कमजोर छ मेरो !

टपरे बाहुन
लास्टमा हविगत उहीँ पिर्के सलामीमा अडिएछ त खाम्रेड @Jhakri_didi कठै यो हत्कण्डा चाहिँ फेरि आयो है ।

एलिट आकाश
हरे साेच ! २१ औँ शताब्दीमा यस्ता मान्छे पनि छन् ।

खगेन्द्र गुर्माछाम
आफ्नै सरकारमा लात हानेर उफ्रिएको यही दिनलाई त थियो अनि यो कुन नयाँ कुरा भयो र ?

प्रेम साउँद
आखिरमा औकात देखाएरै छोड्यौ होइन @Jhakri_didi हुनत तिमीहरू देश बनाउन हिडेको भएपो खान हिडेको हौ खाउ सकाउ रित्तो पार मोज गर।

निर्मला
नपाउन्जेल विरोध र बुरुक बुरुक, पाएपछी पिर्के सलामी को हो ?

भट्टराई बा
पिर्के झार्क्री ।

बेनिको बजार
युवाको ढुकढुकी
टिकटक क्विन ।

केदार
दिदीले पनी पिर्के सलामी थापिछन् । कालान्तरमा आएर आफ्नै खिल्ली २ वर्ष अघिनै आफैँले उडाकी रैछन दिदीले !

बिद्रोह
सलामी अन्तर्राट्रिय फौजी संस्कृति हो । निश्चित अहोदाका व्यक्तिहरूलाई यो समर्पण गरिन्छ । जो सुकैले ग्रहण गर्न खोज्ने रहरले यो बदनाम भयो । मृत्य संस्कार, विदाई, स्वागत, उत्सवमा दिइने सलामीका मौलिक ढाचाँहरू छ्न् तर नेपालमा यस्को चरम दुरुपयोग भयो।

पिआर मोद
को हो झॉंक्री हो ? पहिले ठुकु गर्नेहरु पदमा पुगेपछि रामनाम सत्य रैछन्।

बडाकाजी
हामीले त उहिल्यै भन्या हो नि माधवको विधि पद्धतीको रटान आफू अध्यक्ष हुन नपाउँदाको छटपटि हो । भीम रावलको राष्ट्रवाद पदमा नभइन्जेल र राम कुमारीको चोथाले थुतुनो मन्त्री नपाइन्जेल हो भनेर। आखिर आफैँ प्रमाणित गरेनन त ?

इश्वर देबकोटा
पिर्के सलामीकी नायिका उर्फ रामकुमारी !
हरि ओम !

देबेन्द्र बिस्ट
झाक्री ओलीकै महिला रूप हो उदाहरण यही काफी छ कि सत्ता बाहिर हुँदा ओली झै क्रान्तिकारी गफ ठोको सत्तामा पुगेपछि यसरी कुर्सीको चरम दुरुपयोग । कता पो गए झाक्रीलाई महान नेतृ भन्ने ती फन्टुसहरू ।

प्रतिक्रिया