रेशम चौधरीको नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’
नेपालखोज
२०७८ पुष १९ गते १५:१०

काठमाडौं । निलम्बित सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गराएका छन् । आज उनीनिकट नेता कार्यकर्ता बाजागाजासहित निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् ।
चौधरी कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका छन् । उनको समर्थन गर्नेहरुले ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गराए । भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगे । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ ।
कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा मुख्य दोषी ठहर भएका थिए । उनी अहिले पनि कैद भुक्तानका लागि कारागारमा छन् । उनले वारिसबाटै उम्मेद्वारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले उनी जेलमा रहँदाकै समयमा उनको पार्टी दर्ता गरिएको हो ।
सम्बन्धित

प्रतिक्रिया