राष्ट्र बैकद्वारा लघुवित्त संस्थाहरुलाई मर्जरमा जान नीतिगत दबाब
नेपालखोज
२०७८ पुष १९ गते १७:३३

काठमाडौं । नेपाल राष्ट्र बैकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा जानको लागि नीतिगत दबाव दिएको छ । राष्ट्र बैकले सोमबार लघुवित्त संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे मर्जर तथा प्राप्तीको कार्ययोजना पेस गर्न निर्देशन दिएको हो ।
परिपत्रमा भनिएको छ, क्रस होल्डिङ हुने गरी लगानी गरेको संस्थापक सेयरका सम्वन्धमाः, अनुमती प्राप्त वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूकाे एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका संस्थाहरु बीच एक-आपसमा र वा इजाजतपत्र प्राप्त एकभन्दा बढी वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनी तथा वित्तीय संस्थाहरुको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने, गाभिने वा प्राप्तीमा जान २०७९ असार मसान्तभित्र बैंक समक्ष कार्ययोजना पेस गर्नुपर्ने छ ।

सम्बन्धित
प्रतिक्रिया