समस्या लुकाउँदा गम्भीर परिणाम !

काठमाडौं । फोहोर शरीर भए मानिसको शरीरमा लुतोको समस्या हुने गर्छ । लुतो पूरै शरीरमा नभई कुनै ठाउँ विशेषमा मात्रै पनि आउने गर्छ । शरीरका विभिन्न अप्ठ्यारो अनि गोपनिय ठाउँमा लुतो आउँदा मानिसहरू चिकित्सकसँग सल्लाह लिन पनि अप्ठ्यारो मान्छन् । आज हामी गुद्वारमा हुने लुतो र चिलाउने समस्याको सम्बन्धमा चर्चा गर्दैछौं ।
गुद्वारमा लुतो छ भनेर आफ्नै साथीलाई पनि भन्न अप्ठ्यारो हुने गर्छ । हामी कमैले मात्र यस्तो समस्या मानिसहरूले बताएको सुनेका छौं । तर कुरा यो हो कि धेरै मानिसहरू यसबाट पीडित छन्।
गुद्वारमा लुतो वा चिलाउने समस्या भनेको गुद्वारको र वरपर हो । बढी चिलाएमा सामान्यतः रातोपन भई सुन्निने समस्या ल्याउँछ । यसले पुरुष र महिला दुवैलाई समान रूपमा असर गर्न सक्छ । तर, यो समस्या पुरुषमा बढी पाइन्छ ।
जसको गुद्वारमा लुतो छ, उसले लाज नमानी डाक्टरलाई देखाउनु पर्छ । डाक्टरकोको साथै केही घरेलु उपाय अपनाएर पनि यो समस्याबाट मुक्ति पाउन सकिन्छ ।
लुतो वा चिलाउने समस्या हुनेहरूले खानेकुरामा विशेष ख्याल गर्नुपर्छ । कतिपय खानेकुरा यस्ता छन, जसले मानिसको शरीरमा अझ चिलाउने समस्या ल्याउनसक्छन् । विचार पुर्याउनु पर्छ ।
केही खानेकुराहरू जसले जलन निम्त्याउन सक्छ, परिणामस्वरूप गुद्वार चिलाउने समस्या हुनसक्छ । मसालेदार वा अम्लीय खानेकुराहरू कालो मरिच, कालो खुर्सानी, अमिलो वा टमाटरलगायत खानेकुरा खानु हुँदैन । पेयपदार्थ कफी वा चिया नखानु नै उत्तम हुनेछ । यस्तै धेरै चक्लेट, चिनी, गुलियो पदार्थ खाँदा पनि गुद्वार चिलाउने समस्या हुन्छ । लुतोको समस्या भए त वर्जित खानेकुराले अझ असर गर्छ ।
एलोभेराको प्रयोग गरेमा गुद्वारमा हुने लुतो, चिलाउनेलगायत समस्या समाधानमा मद्धत गर्नेछ । दही लुतो वा चिलाउने समस्याबाट मुक्त हुन उपयुक्त हुनेछ । गुद्वारमा लुतो वा चिलाउने समस्या हुनेले दिनमा २ कपसम्म दही खानु उपयुक्त हुनेछ ।
यस्तै खानामा फाइबरको मात्रा बढाउनु पर्छ । फाइबरले पाचन प्रक्रियामा सुधार गर्छ । यी विभिन्न प्रक्रिया अपनाउनु भयो भने विस्तारै गुद्वारमा लुतो वा लुतोको समस्या नभईकन पनि चिलाउने समस्या समाधान हुनेछ ।
शरीरका गुप्त भागमा आउने लुतोको समस्या लिएर चिकित्सकसम्म जान सर्वसाधारणमा चेतना हुन आवश्यक देखिएको छ । समयमै चिकित्सकलाई नदखाउने हो भने यसले गम्भीर समस्या ल्याउन सक्छ ।
प्रतिक्रिया