एक करोड ६ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर, यातायात कार्यालयका शाखा अधिकृतविरूद्ध मुद्दा दायर
नेपालखोज
२०७९ पुष ३० गते ७:३८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पोखरेलले एक करोड ६ लाख ३३ हजार ३३९ रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पोखरेलले आफ्नो पदको दुरुपयोग गरी स्रोत नुखलेको अनियमित रकम आफ्नो श्रीमतीको नाममा जोडेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उनीविरुद्ध हालको उनको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफतको बिगो दाबी समेत गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया