मकर राशिको वार्षिक भविष्य

मकर राशि हुनेहरुलाई यो वर्ष नयाँ-नयाँ अवसर जुट्नुका साथै त्यसको लाभसमेत उठाउन सकिनेछ । तपाईंबाट साहसिक कदमसमेत चालिनेछ । मन विश्वास र उत्साहले ओतप्रोत रहला । यो वर्ष तपाईंको रचनात्मक क्षमता अझ निखारिनेछ ।
आजीविका : वर्षको सुरुमा तपाईंको बौद्धिक क्षमता एवं रचनात्मक क्षमता प्रवल रहनेछ । विषयको महत्त्वलाई सजिलै बुझेर त्यसको उपयुक्त प्रयोग गर्न सकिनेछ । तपाईंको सिक्ने शक्ति पनि तेज हुनेछ । नयाँ-नयाँ कुशलता आफूमा भर्दै कामलाई अझ राम्रो, लाभदायक तथा रचनात्मक बनाउन सकिनेछ । तपाईंको कामले अझ सटिक परिणाम दिनेछ । कार्यालयमा सहकर्मीहरुले तपाईंलाई विशेषज्ञ नै मन्ने छन् । आम्दानी र प्रतिष्ठा दुवै वृद्धि हुने देखिन्छ । मानिसहरुले तपाईंको नेतृत्व स्वीकार गर्नेछन् ।
पारिवारिक जीवन : प्रणय सम्बन्धमा भएकाहरुको प्रेमले रोचक मोड लिनेछ । प्रेमको अभिव्यक्तिमा तपाईं अझ बढी रचनात्मक र प्रयोगवादी साबित हुनुहुनेछ । विवाहका लागि जीवनसाथीको खोजीमा हुनुहुन्छ भने तपाईंको खोजी पूरा हुनेछ । यो वर्ष कार्यस्थल वा सामाजिक सम्बन्धमा भएकाहरुमध्ये बाटै कोही तपाईंको जीवनमा आउनेछन्/छिन् । पारिवारिक स्थिति रमाइलो र सुखद रहनेछ । तपाईंले सपरिवार यो खुसीको आनन्द उठाउन सक्नुहुनेछ ।
आर्थिक जीवन : आर्थिक निर्णयमा अभूतपूर्व सुझबुझ देखापर्नेछ । भविष्यका लागि पनि केही वित्तीय प्रबन्ध हुनसक्छ । समग्रमा आर्थिक हिसाबले यो वर्ष आफूले चाहे जस्तै रहला ।
स्वास्थ्य : स्वास्थ्यका हिसाबले समय अनुकूल देखिँदैन । स्वास्थको ख्याल गर्दै सावधान रहनुहोला । कुनै पुरानो बिमारी बल्झिन वा कुनै इन्फेक्सनको सिकार हुन सकिने योग छ ।
सुझाव : आफूलाई कुकुरको सेवामा लगाउनुहोला ।
प्रतिक्रिया