शनिबार, जेठ ५, २०८१

यस्तो फोटो… अहँ कहिले देखेकै थिएन !

नेपालखोज २०७८ पुष २० गते ११:४३

युवा गायिका रचना रिमालले फेसबुकमा तस्बिर पोस्ट गर्दै लेखिन्- आज मेगिटार, बिजनबारी दार्जिलिङमा आयोजना हुने न्यु इयर म्युजिकल फेस्टका लागि दार्जिलिङ आइपुगेकी छु । आउने क्रममा जीवनमा पहिलोपटक हिउँ देख्ने र खेल्ने अवसर पनि प्राप्त भयो ।
रचनाको यो स्टाटसमा सयौं कमेन्ट आएका छन । हेरौं प्रशंसकहरुका केही कमेन्ट :

सुनील न्यौपाने
निमोनियाँ होला कान्छु ख्याल गर है ।

मनीष पुडासैनी
चिसो लाग्ला विचार गर ।

पवन कुमार
मेरो मायाको धेरै पनि फाईदा नउठाउनु ल ।

अनिल कठायत
हामीलाई नि बोलाउनु पर्छ नि रचु!!!
अनि सँगै हिम् खेल्थेम् हामी।

विजय ढकाल
जब-जब तिम्रो साथ
मिल्दै-मिल्दै गयो
धरोधर्म मेरो जिन्दगी
काया-पलट भयो ।

विजय रेग्मी
कति राम्री माया ! झनै राम्रो हिउँ !
आउ हामी दुई मिलि खोजौ माया लाउने निउ ।

निरजकुमार भण्डारी
ताप्लेजुङमा फोटो खिचेर दार्जिलिङ अरे ?
त्यै पनि तिम्रै फोटो हो भनेर कसरी बिस्वास गर्नु!!!कालो टिका लगाएकै छैन ।

श्यामराज भण्डारी
के हिउँमा खेलेको मेलो रचु बाबे, मलाई फिटिक्क मन परेन ।

बिदित प्रज्ञानी
रसुवा गएर दार्जिलिंग भनिन झापालीले ।

ओमप्रकाश श्रेष्ठ
धेरै जाडो होला नि सिस्टर ।

दिपेश क्षेत्री
आफ्नो ख्याल राख्ने गरेस् माया ।

रमेश बास्तोला
राम राम, कति राम्रो फोटो । यताबाट हेर्दा नि राम्रो, उता बाट हेर्दा नि राम्रो, उठेर हेर्दा नि राम्रो, उफ्रेर हेर्दा नि राम्रो ! सुतेर हेर्दा नि राम्रो, बसेर हेर्दा नि राम्रो, सिधा परेर हेर्दा नि राम्रो, बाङ्गो पारेर हेर्दा नि राम्रो बयान गर्ने सक्दिन म , आहा कति राम्रो फोटो ! देख्न त मुन पनि देखेको हो, जुन पनि देखेको हो, २४ क्यारेटको सुन पनि देखेको हो, तर यस्तो फोटो…!! अँह कहिले देखेकै थिएन ।

No description available.

सुरज बुढाथोकी
म यहाँ छु तिमी उता किन गको मायालु ।

केशव जोशी
नेपालमा हिउँ पाइएन कि ?

सन्देश पोखरेल
मानव इतिहासतर्फ फर्केर हेर्ने हो भने, यो जत्तिको सुन्दर तस्बिर अरु कुनै छैन होला, भगवानले हजुर लाई बनाउँदा अलिकती पनि कन्जुसियाइ नगरेको देखिन्छ । हजुरलाई त सुन्दरताको प्रतिक भनेर नेपाल सरकारले नै घोषणा गर्नुपर्ने हो ।

सविता दाहाल
नेपालमा हिउँ परेको थाहा पाइनौ र हिउँ खेल्न दार्जिलिङ पुगेकी ?

अस्विन ढुंगाना
खेल , तिम्रै छन दिन ।

दुर्गा जीएम
वाउ, जताबाट जसरी हेरे पनि सुन्दर ।

हरिषचन्द्र ठकुरी
ए रचना, यसरी हिउँमा नखेल न नकचरी, चिसो लाग्छ बेस्सरी, निमोनियाँ हुन्छ । कुरो बुझ न ।

जोशी इन्द्र
एक ढिक्का घर लग्नु ।

अनिल खत्री
विध्यालयमा निमोनियाँबाट बच्ने उपाय पढेकी रैनछौ , ध्यान राख धेरै चिसोमा नखेल निमोनियाँ हुन्छ ।

घाइते बाघ
यसरी हिउँमा बस्दा चिसोले भुँडी ढाडिएला है ।

दिकेश
एक्लै एक्लै जाने ?

राम रेग्मी
तिमी यति राम्रो छौ कि आफ्नै आँखाले तिमीलाई नियाल्दा पनि यो मनले डाहा गर्छ ।

चन्द्रमणि खड्का
बाबा तेति धेरै पनि हिउँ नखेल है घाँटि बस्छ फेरि ।

थापा असफल
ल ल राम्रोसँग रामाइलो गर्नु ।

मिलन धिमाल
भन्ने बेला ” जौन माया जाउ चन्द्रगिरी जाउ” भन्ने अनि हिउँ खेल्न चै दार्जीलिङ जाने ? चन्द्रागिरिमा बिल तिर्न पर्छ भनेर हो क्या हो ?

रबिन पोखरेल
मोज छ् ।

अभिमन्यु गैरे
फेरि पनि एक्लै गयौ है , मलाई नबोलाइ ।

सागर केसी
तिमी यसरी लखर – लखर हिडेको मन पर्दैन है मलाइ ।

मंगोलियन चेतमान
जिवनमा पहिलो पटक कहिले भेट्न पाउने तिमीलाई मैले ?

No description available.

प्रतिक्रिया