यी हुन् जसपाका राष्ट्रियसभा उम्मेद्वार

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले राष्ट्रियसभा सदस्यका लागि उम्मेद्वारको टुंगो लगाएको छ । जसपाले हेमराज राई र मो. खालिद सिद्दीकीलाई उम्मेदवार बनाउने भएको हो ।
प्रदेश १ को अल्पसंख्यक समूहबाट भोजपुरका राई र प्रदेश २ को खुलातर्फ सिरहाका सिद्दीकीलाई उम्मेद्वार बनाउने निर्णय भएको जसपाले जनाएको छ ।
नेपाली कांग्रेसको पनि सोमबार बसेको केन्द्रीय समितिको बैठकले उम्मेद्वार टुंगो लगाएको थियो । माओवादी केन्द्रले पनि प्रचण्डलाई उम्मेद्वार टुंगो लगाउने जिम्मा सुम्पेको थियो । माओवादीका पनि उम्मेद्वार टुगिसके ।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलले गठबन्धन बनाएर चुनाव लड्दै छन् । यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुने व्यवस्था छ ।

प्रतिक्रिया