राष्ट्रियसभा बैठक पुस २५ गते बस्दै

नेपालखोज २०७८ पुष २० गते १६:१७

काठमाडौं । राष्ट्रिय सभाको बैठक पुस २५गते बस्ने भएको छ । आज संघीय संसदका महासचिव डा. भरतराज गौतमले सूचना निकाल्दै दिउँसो १ बजे बैठक बस्ने बताए ।

पुस ५ गते बसेको बैठकले अर्को सूचना जारी नहुँदासम्मका लागि बैठक स्थगित गरेको थियो । राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुस २५ गते बस्ने बैठकको मिति तोकेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएकाले बैठक प्रभावकारी बन्न सकेको छैन् ।

प्रतिक्रिया