शुक्रबार, जेठ ३, २०८२

सिद्धार्थ बैंकद्वारा मारवाडी सेवा समिति नेपाललाई १५ लाख सहयोग

नेपालखोज २०७८ पुष २१ गते ४:००

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मारवाडी सेवा समिति नेपाललाई १५ लाख रुपैयाँ सहयोग गरेको छ । बैकले मंगलबार काठमाडौंको फसिकेबमार्ग स्थित मारवाडी सेवा समिति नेपाल नामको सामाजिक संस्थालाई डायलाइसीस मेसिन खरिद गर्नका लागि सामाजिक उत्तरदायित्वअन्र्तगत १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समिति नेपालले डायलाइसीस मेसिन खरिद गरि मिर्गौला रोगीहरुलाई निःशुल्क सेवा प्रदान गर्नको निम्ति उपयोग गर्नेछ । मारवाडी सेवा समितिले राष्ट्रिय मिर्गौला उपचार केन्द्रसगँको प्राविधिक सहयोगमा गौशालास्थित पशुपति गौशाला धर्मशालाबाट उक्त सेवा प्रदान गर्नेछ ।

बैंकले पु¥याएको सो रकम सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा दिएर जीवनस्तर सुधार गर्न केहि हदसम्म भएपनि मद्धत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्चप्राथमिकता र निरन्तरता दिँदै जाने उद्देश्य लिएको जनाएको छ ।

प्रतिक्रिया