३ वटा प्रदेशकाे उच्च पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले देशका अधिकंश भू-भागमा, आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति देशभर सामान्य बदली रहनेछ सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा विभागले अनुरोध गरेकाे छ । साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तन बारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धि सूचनामा अध्यावधिक रहनसमेत विभागले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया