शनिबार, जेठ ४, २०८२

अमेरिकामा एकैदिन १० लाख संक्रमित थपिए, संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट

नेपालखोज २०७८ पुष २१ गते ८:१२

काठमाडाैं । अमेरिकामा एकै दिन १० लाखभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । तर तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको अधिकारीहरूले चेतावनी दिएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार एकै दिनमा विश्वको कुनै पनि देशको तुलनामा सर्वाधिक अमेरिकामा १० लाख ८० हजार संक्रमित थपिएका छन् । हाल अमेरिकामा पुष्टि भएका संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट पाइएको छ ।

सरकारी पहलबारे आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडेनले संक्रमण बढे पनि विद्यालयहरू खुलै राख्न आह्वान गरेका छन् । यस अघिका लहरको तुलनामा मृत्यु हुने र अस्पताल भर्ना हुने बिरामीहरूको संख्या पछिल्ला साताहरूमा निकै कम रहे पनि अस्पताल भर्ना हुन आउनेहरूको संख्या बिस्तारै उकालो लागिरहेको बताइएको छ । बीबीसी

प्रतिक्रिया