सुनचाँदीकै भाउ बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ पुष २१ गते १०:४२

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ६ सय रूपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ६ सय रूपैयाँले नै बढेकाे छ । आज तेजाबी सुन ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९१ हजार ७ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया