एमाले अध्यक्ष ओलीले भने- मेरो स्मरणशक्ति कमजोर हुँदै गएको छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताएका छन् । आज संस्कृति बचाउ अभियानका अभियन्तासँगको भेटमा मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताए ।
उनले यस्तो अवस्थामा पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको बताए । उनले भने,‘मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ । औषधि खाइरहनुपर्छ, मेरो प्रतिरोधी क्षमता जिरो छ । हजारौंको बीचमा छु । दिनहुँ भेट भइरहन्छ । माला लगाउँछन् । फोटो खिच्छन् । तर पनि अहिलेसम्म संक्रमित भइएको छैन । यो परम्परागत ज्ञानकै कारण हो ।’
उनले पछिल्लो समय आफूमा पनि स्मरण शक्ति कमजोर हुँदै गएको बताए । उनले पहिले पहिले पाँच सयभन्दा बढी टेलिफोन नम्वर याद गर्ने गरेको बताए । उनले भने,‘अहिले श्रीमतीको मोबाइल नम्बरसमेत कति हो सोध्नुपर्छ ।’

प्रतिक्रिया