प्रतिनिधिसभा बैठक पुस २८ गते बस्ने

नेपालखोज २०७८ पुष २१ गते १५:२६

काठमडौं । प्रतिनिधिसभाको बैठक पुस २८ गते बस्ने भएको छ । आज संसद् सचवालयले सूचना जारी गर्दै २२ गते बोलाइएको बैठक स्थगित गरेको हो।

बैठकमा नेकपा एमालेले विरोध गर्दै आएको छ । सभामुख अग्निप्रसाद सोपकोटाको राजीनामा एमालेले मागेको छ । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका नेतालाई पार्टीको निर्देशन अनुसार कारबाही गर्न एमालेले दबाब दिँदै आएको छ ।

संसद सचिवालयका अनुसार एमालेका धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठक पछि सार्न माग गरिको थियो ।

यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो ।

प्रतिक्रिया