आन्तरिक राजस्व कार्यालय सिमराबाट साढे पाँच अर्ब राजस्व संकलन

नेपालखोज २०७८ पुष २२ गते ७:००

कलैया । आन्तरिक राजश्व कार्यालय सिमरा बाराले आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि मङ्सिरसम्म पाँच महिनामा अन्तःशुल्क, स्वास्थ्य सेवा शुल्क, मूल्य अभिवृद्धि कर, आयकर, घर बहाल कर, ब्याज कर र शिक्षा करसमेत गरी रु पाँच अर्ब ३१ करोड ९७ लाख ५४ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयले ०७८ साउनदेखि ०७८ मङ्सिरसम्म अन्तःशुल्क कर रु तीन अर्ब १५ करोड चार लाख ५४ हजार, स्वास्थ्य सेवाकर एक अर्ब ११ करोड ६८ लाख ३० हजार रूपैयाँ, मूल्य अभिवृद्धि कर ५५ करोड १६ लाख ९१ हजार रूपैयाँ, आयकर ४६ करोड ७३ लाख ६६ हजार रूपैयाँ, घर बहाल कर एक करोड ९६ लाख १९ हजार रूपैयाँ, ब्याज कर एक करोड ७८ लाख ८७ हजार रूपैयाँ र शिक्षा कर १७ हजार रूपैयाँसमेत गरी पाँच अर्ब ३१ करोड ९७ लाख ५४ हजार राजस्व संकलन गरेको छ ।

सो कार्यालयअन्तर्गत बारा, रौतहट जिल्लाका करदाताबाट उक्त राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया