एमाले रोल्पाका नेता रोकाको ह्रदयघातका कारण निधन
नेपालखोज
२०७८ पुष २२ गते ९:४३

रोल्पा । नेकपा एमाले रोल्पा जिल्ला कमिटीका सचिव निमप्रसाद रोकाको हृदयघातबाट निधन भएको छ । गएराति पौने ९ बजे नुवागाउँ अस्पतालमा उपचारका क्रममा रोकाको निधन भएको एमाले रोल्पाले जनाएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका २ बस्ने रोकालाई जिल्ला अधिवेशन तयारीमा खटिएका बेला हृदयघात भएको थियो । एमाले रोल्पा जिल्ला अधिवशन भोलि(शुक्रबार) देखि सुरु हुने कार्यसूची रहेको थियो । तर जिल्ला सचिव रोकाको निधन भएपछि अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया