कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेजीको माग

नेपालखोज २०७८ पुष २२ गते १०:२८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य विनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका हुन् ।

चौधरी अवैधानिक ढंगले केन्द्रीय सदस्य बनेको भन्दै यादवले उनको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन माग गरेका छन् ।उद्योगपति चौधरी कांग्रेसको १४औं महाधिवेशनमा मधेसी (खुला)कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया